अनुसूची
खण्ड (ग) विदेशबाट आयात गरिने बीउ बिजनहरूलाई दर्ता गर्न आयातकर्ताले पेश गर्ने निवेदन

(नियम १२ को उपनियम (१) सँग सम्बन्धित)
विदेशबाट आयात गरिने बीउ बिजनहरूलाई दर्ता गर्न आयातकर्ताले पेश गर्ने निवेदन

श्री जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति,
………………………………………………….

विषयः जात दर्ता गराई पाऊँ ।

ऐनको दफा १५ मा उल्लेख भए अनुसार सूचित बीउ बिजन निकासी वा पैठारी गर्दा
स्वीकृति लिनुपर्ने प्रावधान रहेको र सोही ऐनको दफा ११ (ख) अनुसार सूचित नभएका बीउ
बिजन अनुसन्धान प्रयोजनको लागि बाहेक बिक्री वितरण गर्न समेत नपाइने हुँदा त्यस्ता सूचित
नभएका बीउ बिजनहरू आयात गरी बिक्री वितरण गर्न सूचित गर्नु पर्ने भएकोले नियमानुसार
आवश्यक विवरणहरू संलग्न राखी जात दर्ता एवं सूचित गरिदिनु हुन अनुरोध छ ।

दर्ता तथा सूचित गराउन चाहेको बीउ बिजनको विस्तृत विवरणः
१. बालीः
२. वानस्पतिक नामः
३. पुरानो नामः
४. नामाकरण गरेको नामः
५. क्रस र पेडिग्री (प्यारेन्ट)१ः
६ उद्गम देशः
७. सामाग्री स्रोत (संस्था, कृषक समुदाय, परीक्षणको नाम र यो सर्वप्रथम प्रयोगमा ल्याइएको
वर्ष, आदि)ः
८ अनुसन्धानकर्ताले तर्जुमा गरी अनुसन्धानकर्ताले नै व्यवस्थापन गरेको कम्तीमा पनि दुई
ऋतुको परीक्षणको तथ्याङ्क वा अनुच्छेद ८.१ र ९ मा उल्लेखित तथ्याङ्क पेश गर्नु पर्नेछ ।
८.१ नेपालमा जातको परीक्षण गरिएका स्थान र वर्ष२

९. कृषकहरूको खेतबारीमा गरिएको परीक्षण सहभागितामूलक तथ्याङ्क÷सूचना (गुणात्मक र
परिमाणात्मक) र सरोकारवालाहरूको प्राथमिकताहरूबाट लिइएको तथ्याङ्क३

९. कृषकहरूको खेतबारीमा गरिएको परीक्षण सहभागितामूलक तथ्याङ्क/सूचना (गुणात्मक र
परिमाणात्मक) र सरोकारवालाहरूको प्राथमिकताहरूबाट लिइएको तथ्याङ्क३
१०. बाली सम्पादन गुणहरू५ (एग्रोनोमिक ट्रेट्स)ः
१०.१ बोटको उचाई (से.मी.)ः
१०.२ रोपेको दिन देखि फूल फुल्न लाग्ने समयः
१०.३ पाक्ने दिनः
१०.४ उत्पादन के.जी/हेक्टरः
१०.५ उब्जनीको अवयव (गाँजको संख्या, दानाको संख्या, दानाको तौल, आदि)ः
१०.६ भौतिक गुण (आकार, आयतन, रङ्ग आदि)ः
११. बाह्य आवरण सम्बन्धी चारित्रिक गुणहरूः
१२. भौगोलिक क्षेत्रमा परीक्षण गरिएको तथ्याङ्कको आधारमा उपयुक्त क्षेत्रः
१३. बीउ रोप्ने समयः
१४. जात दर्ता गर्नुपर्ने कारणहरूः
१५. अन्य जातमा भन्दा फरक गुणहरू (डिस्टिङ्क्टनेस)ः
१६. वर्णनपूंसक प्रविधि (टर्मिनेटर टेक्नोलोजी) प्रयोग भएको छ वा छैनः
१७. आनुवांशिक परिवर्तित बालीको बीउ हो वा होइनः
१८. पेश गर्नुपर्ने बीउको नमूना६ः
निवेदक/संस्था वा निकायकोः
सहीः
नामः
दर्जाः
संस्थाको नामःध
पत्राचार गर्ने ठेगानाः
टेलिफोन नं.
फ्याक्स नं.
इमेलः
वेवसाइटः
द्रष्टव्यः
१ कृषकको जातको सम्बन्धमा पुर्खाको विवरण लागू नहुन सक्छ÷वर्णशंकर जातको
वंशजको खुलासा कम्पनीले गर्न वा नगर्न पनि सक्छ ।
२ यो फारामको अन्त्यमा भौगोलिक क्षेत्रमा गरिएको प्रयोगात्मक नतिजाको दुई ऋतुको
तथ्याङ्क समावेश गर्नुहोस् ।
३ सरोकारवालाहरू भन्नाले कृषक, उपभोक्ता, प्रशोधन उद्योग, व्यापारी, बीउ बिजन
कम्पनी, एग्रोभेटहरूलाई बुझाउँछ ।
४ सरोकारवालाहरूको अभिरुचिको प्रमुख लक्षणहरूमा (१) बाली सम्पादन तथ्याङ्क (२)
विषम परिस्थिति सहने क्षमता (३) गुणस्तर (४) आर्थिक महत्व (५) अन्य पर्दछन् ।
अन्त्यमा परीक्षणको नतिजाको विवरण अनुसूचीका नम्बर उल्लेख गर्नु पर्ने ।
५ बालीनालीको जाति प्रजाति पिच्छे त्यस्ता गुणहरू फरक हुन सक्छन् ।
६ प्रस्तावित जातको एउटा नमूना जात अनुमोदन, उन्मोचन तथा दर्ता उपसमिति
समक्ष पेश गर्नु पर्दछ । त्यस्तो नमूनाको परिमाण मसिना दाना हुने बालीको लागि
५० ग्राम, मध्यम दाना हुने बालीको लागि ५०० ग्राम र ठूला दाना हुने बालीको
लागि एक किलोग्राम हुनु पर्दछ भने तरकारी बालीको हाइब्रीड बीउ बिजनका लागि
सानो आकारको र हलुका तौल हुने बीउको हकमा २० ग्राम (काउली, बन्दा,
खुर्सानी, गाजर, गोलभेँडा, भण्टा, चम्सुर, आदि जस्ता बालीका बीउहरू) मध्यम
आकारको हकमा २०० ग्राम (मूला, स्वीस चार्ड, राम तोरिया आदि जस्ता बालीका
बीउहरू) र ठूूला आकारको बीउको हकमा ५०० ग्राम (सीमी, बोडी, राजमा,
भट्मास, केराउ आदि जस्ता बालीका बीउहरू) नमूना बुझाउनु पर्नेछ ।